नर्वीच सिटीलाई हराँउदै चेल्सी एफए कप फुटबलको चौथो चरणमा

काठमाडौं, माघ ४ । विवादास्पद खेलमा नर्वीच सिटीलाई हराँउदै चेल्सी एफए कप फुटबलको चौथो चरणमा पुगेको छ । चेल्सीको मैदानमा भएको खेलको निर्धारीत ९० मिनेटमा १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुग्यो । थपिएको समयमा चेल्सीका पेड्रो र मोराटा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी ९ जनामा समेटियो ।

यसपछि टाई ब्रेकरमा नर्वीच सिटीलई ५-४ ले हराँउदै चेल्सी चौथो चरणमा पुगेको हो । खेलको क्रममा रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भि.ए.आर.)को सही उपयोग नगरेको भन्दै आलोचना गरिएको थियो ।

एफए कप फुटबलका अन्य खेलहरुमा बर्नमाउथलाई हराउँदै विगान एथ्लेटिक तथा उल्भरह्याम्पटन वान्डरर्सलाई हराँउदै स्वान्सी सिटी चौथो चरणमा पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + twelve =