जापानमा आगलागीमा परी ११ व्यक्ति मृत्यु
२०७४ जेठ १५ गते

काठमाडौं, माघ १८ । उत्तरी जापानमा बृद्धाश्रम रहेको एक भवनमा भएको आगलागीमा परी ११ जनाको मृत्यु भएको छ । आगो नियन्त्रणमा लिन कैयौँ अग्निनियन्त्रक यन्त्रले प्रयास गरिरहेको स्थानीय टेलिभिजनका फुटेजमा देखाइएको छ ।
न्युन आय भएका व्यक्तिको लागि बनाइएको बृद्धाश्रममा अकस्मात आगलागी सुरु भएको र त्यसमा परी ११ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 
स्थानीय संगठनको सहयोगमा सञ्चालनमा रहेका १६ वटा बृद्धाश्रम राखिएका आवासीय भवनमध्ये एकबाट सुरु भएको आगलागीमा परी आठ जना पुरुष र तीन महिलको मृत्यु भएको थियो ।
आगलागी गएराति स्थानीय समयाअनुसार करिब पौने १२ बजे सुरु भएको बताइएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








