वामपुड्के रुपमा यस्ता देखिए बलिउड सुपरस्टार शाहरुख

 काठमाडौं ।  प्रदर्शोन्मुख फिल्म ‘जीरो’ मा बलिउड सुपरस्टार शाहरुख खानले एउटा वामपुड्के व्यक्तिको भूमिकामा अभिनय गरेका छन् । ५ फिट ६ इन्च अग्ला शाहरुख कसरी अढाई फिटको देखिन सफल भए भन्ने कौतुहल धेरैमा बढेको छ ।

फिल्मको टे्रलर लञ्च कार्यक्रमको अवसरमा शाहरुखले आफ्नो यस किसिमको चरित्र निर्माणका लागि निकै भिजुअल इफेक्ट प्रयोग गरेको बताए । उनको भनाई अनुसार यो कामका लागि लगभग दुई वर्ष लागेको थियो ।

सानो मान्छेलाई ठूलो र ठूलो मान्छेलाई सानो बनाउने काम यसअघि पनि भएको थियो बलिउडमा । ‘जानेमन’ मा अनुपम खेर र ‘पप्पु राना’मा कमल हसनलाई यस्तै पुड्को बनाएर प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =