खाल्डोमा डुबेर एक बालकको मृत्यु
२०७४ जेठ १५ गते

असाेज ३०, राजविराज । सप्तरीको रुपनी गाउँपालिका–५ स्थित खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय मोस्तकिम मियाँका पाँच वर्षीय छोरा निराजन आलम रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

आलम खेल्दाखेल्दै घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेका थिए । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








