साउथ फिल्ममा हंगामा मच्चाउँने नायिकाहरु को कस्ता छन् ?

तमन्ना भाटिया

तमन्ना साउथ फिल्मी चर्चित अभिनेत्री मध्ये एक हुन् । फिल्म  Alludu Seenu र Speedunnodu मा आइटम डान्सका  लागि उनले १–१ करोड पारिश्रमीक लिएकी थिइन् ।

उनले साउथ फिल्म भन्दा पहिला १५ बर्षको उमेरमा बलिउड फिल्म ‘चान्द सा रोशन चेहेरा’ बाट डेव्यू गरेकी हुन् । २००५ मा उनले तेलुगु फिल्ममा डेव्यू गरेकी थिइन् । ब्लकबस्ट फिल्म दिएपछि उनको नाम बलिउड र साउथमा चम्मिएको छ । उनले २०१५ मा आएको ब्लकबस्टर फिल्म ‘बाहुबली’मा समेत काम गरिसकेकी छन् ।

श्रुति हासन

बलिउडका साथै साउथ फिल्ममा समेत सक्रिय रहेकी श्रुतिले फिल्म ‘आगाडु’ मा आइटम डान्सका लागि ४० लाख लिएकी थिइन् । उनी अभिनेता कमल हासनकी छोरी हुन् । उनले २००९ मा आएको फिल्म ‘लक’बाट डेव्यू गरेकी हुन् ।

काजल अग्रवाल

बलिउडमा ‘सिंघम’ फिल्ममा काम गरिसकेकी काजल अग्रवाल साउथ फिल्मकी हिट अभिनेत्री हुन् । उनले साउथका केही फिल्ममा आइटम डान्स गरेकी छन् । उनले आइटम गीतका लागि ५० लाखसम्म पारिश्रमिक लिने गरेकी छन् ।

 फिल्म ‘जनता ग्यारेज’ मा आइटम गीतका लागि उनले ५० लाख लिएकी हुन् । उनले बलिउडमा २००४ मा आएको फिल्म ‘क्यों हो गया ना’ बाट गरेकी हुन् । उनी तेलुगुको ऐतिहासिक फिल्म ‘मगधीरा’ मा समेत काम गरेकी अभिनेत्री हुन् ।

चार्मी कौर

हैदरबाद ड्रग्स काण्डमा अभिनेत्री तथा आइटम गर्ल चार्मी कौरको नाम जोडिएको छ । उनलाई प्रहरीले ६ घण्टासम्म सोधपुछ गरेको बताइको छ । उनले शाहिद कपुरको फिल्म ‘आर राजकुमार’ को ‘गन्दी बात’ बोलको गीतमा आइटम डान्स गरेकी थिइन् ।

यो गीतबाट उनले दर्शकको मन जितेकी थिइन् । उनी फिल्ममा आइटम डान्स गरेको पारिश्रमीक ४० लाखसम्म लिन्छिन् । उनले अमिताभ बच्चनको फिल्म ‘बुड होगा तेरा बाप’ बाट डेव्यू गरेकी हुन् । उनी दक्षिण भारतीय चलचित्रकी चल्तीकी नायिका हुन् ।

अन्जली

१९८७ मा आन्ध्र प्रदेशको रैजोलमा जन्मिएकी अन्जली साउथ फिल्ममा आइटम नम्बरका कारण चिर्चित छिन् ।

उनले फिल्ममा आइटम डान्स गरेको ४५ लाख लिने गरेकी छन् । उनले २००६ मा आएको तेलुगु फिल्म ‘फोटो’ बाट डेव्यू गरेकी थिइन् ।

पार्वती मेल्टन

पार्वती मेल्टन अमेरिकन अभिनेत्री हुन् । उनको जन्म न्यूजर्सीमा भएको थियो । उनी अहिले तेलुगु फिल्ममा काम गरिरहेकी छन् । उनले महेश बाबुका साथमा फिल्म ‘डुकुडु’ मा आएको आइटम नम्बर गरेकी थिइन् । जसवापत उनले ३५ लाख फिस लिएकी थिइन् ।

मुमैथ खान

उनी तामिल फिल्मकी आइटम डान्स स्पेशलिस्ट हुन् । उनी हरेक फिल्ममा आइटम डान्स गरेको २५ लाख लिन्छिन् । उनले बलिउड फिल्म ‘मुन्नाभाई एमबीबीएस’ र ‘राउडी राठौड’ मा आइटम डान्स गरेकी थिइन् ।

 हमसा नन्दिनी

हमसा पनि साउथ फिल्मकी आइटम डान्स स्पेशलिस्ट हुन् । उनी एक आइटम डान्स गरेको २५ लाख लिन्छिन् । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 4 =