वाम एकता ऐतिहासिक भएको एमालेको निष्कर्ष

काठमाडौं, असोज २१ । नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच भएको वाम एकता ऐतिहासिक भएको एमालेले निष्कर्ष निकालेको छ । पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको एमाले स्थायी कमिटि बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

प्रमुख विपक्षी एमालेले लोकतन्त्रप्रतिको निष्ठामाथि प्रश्न नगर्न नेपाली कांग्रेसलाई चेतावनी पनि दिएको छ । माओवादीसँग भएको सहमति कार्यान्वयन गर्न लचिलो हुने निर्णय पनि एमालेले गरेको छ ।

आफूहरुको सहमति कांग्रेसविरुद्ध नभएको भन्दै एमालेले अराजनीतिक टिपप्णी नगर्न आग्रह गरेको छ । बैठकपछि एमाले सचिव प्रदीप ज्ञवालीले हचुवा र अराजनीतिक टिप्पणी नगर्न र लोकतन्त्रमाथिको निष्ठामा प्रश्न नउठाउन आग्रह गर्नुभयो ।

निर्वाचन कार्यक्रम शुरु भइसकेको र निर्वाचन आयोगले चेतावनी दिइसकेकाले मन्त्रिपरिषद हेरेफर स्वीकार्य नहुने पनि एमालेले प्रष्ट पारेको छ । बैठकमा बामपन्थी एकताको समीक्षा गर्नुका साथै हालसम्मका निर्णयहरु अनुमोदन गरिएको स्थायी कमिटी सदस्य किरण गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 4 =