पोखराका २ स्थानबाट १२ जुवाडे पक्राउ

पोखरा, पुस ३० । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका दुई ठाउँबाट १२ जनालाई जुवा ताज खेल्दै गरेको अवस्थामा पक्राउ गरेको छ । पोखरा लेखनाथ महानगरपालिका वडानम्वर ११ रानीपौवा स्थित रमेश पण्डितको घरमा डेरा गरी बस्ने अशोक शाहको कोठामा ६ जना र पोखरा लेखनाथ १८ खपैदी स्थित स्यूर स्पोर्ट रेष्टुरेण्टबाट ६ जनालाई तास र नगद सहित पक्राउ गरेको हो ।

रानीपौवाबाट ९० हजार र खपैदीबाट ५० हजार सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी सहायक निरिक्षक सन्तोष सुवेदी कमाण्डमा खटिएको टोलीले पक्राउ गरेकोे हो ।

पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका वडा नं ११ रानीपौवा बस्ने बर्ष ३४ को अशोक शाह, वर्ष ३१ को कृष्ण थापा, वर्ष ४८ को गोपाल नेपाली, वर्ष ४० को वीर बहादुर नेपाली, वडा नंम्वर १३ काहुखोला बस्ने बर्ष ४२ को प्रेम राना, वडा नंम्वर ६ लेकसाईड बस्ने बर्ष ३० को बसन्त श्रेष्ठ रहेका छन् ।

त्यसैगरी खपैदी स्थित स्यूर स्पोर्ट रेष्टुरेण्टबाट पक्राउ पर्नेहरुमा पोखरा लेखनाथ महानगरपालीका ६ लेकसाईड बस्ने बर्ष ५८ कृष्ण पौडेल, बर्ष ५५ को भरत लामिछाने, बर्ष ४८ को बिनोद थापा, बर्ष ४५ को महेन्द्र बहादुर थापा र वडा नम्वर १८ खपौदी बस्ने बर्ष ४६ को बिष्णु प्रसाद तिमल्सिना रहेको प्रहरीले जनाएको छ ।

उनिहरुलाई जिल्ला प्रशासन कार्यलयबाट म्याद थपगरि जुवातास ऐन अनुसार कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =