गजल
२०७४ जेठ १५ गते

भो ! नगर अब प्यार नभन
भत्किन्छ मेरो घरबार नभन
सजाएँ तिम्रै लागि वसन्तै–वसन्त
फिर्ता लैजाउ सबै वहार नभन
अहो ! केवल तिम्रा लागि मात्र
छोडिदिन्छु सबै परिवार नभन
सघाउँला जिन्दगीमा इटा थप्न
ढलाउँछौ कि मेरो आधार नभन
पन्छाइदिन्छु अवरोधका काँडाहरू
बनायौ कुनै तिमीले धार नभन
जिन्दगी यही जुनीको लागि हो
अर्को जुनीको ! अवतार नभन
म त तिम्रै हृदयको कविता हुँ
यो कुनै ठेलिबाट साभार नभन ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








