देवेन्द्र पौडेल सहित १७ जनाले छाडे बाबुराम भट्टराईको साथ

भाद्र २, काठमाडौं । नयाँ शक्ति पार्टी विभाजित भएको छ । बाबुराम भट्टराईसँगै नयाँ शक्तिमा गएका पूर्व माओवादीहरुले नयाँ पार्टी बनाउन नयाँ शक्ति छाडेका हुन् । नयाँ शक्तिमा विगतमा संगठन विभाग प्रमुख रहेका देवेन्द्र पौडेलसहित १७ जनाले नयाँ राजनीतिक कार्यदिशा तय गर्ने र घोषणापत्र तयार गर्ने जनाएका हुन् । साथै, छिट्टै राष्ट्रिय भेला समेत आयोजना गर्ने देवेन्द्र पौडेलद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । यद्पी पौडेलले राजनीतिक कार्यदिशा भने नयाँ शक्तिकै तय गर्ने जनाएका छन् ।

पौडेलको संयोजकत्वमा १७ सदस्यीय बृहत ध्रुवीकरण संयोजन समिति गठन गरिएको हो । भट्टराईले नयाँ शक्तिमा पूर्व माओवादीहरुलाई वेवास्ता गरेको आरोप पौडल पक्षधरहरुले लगाउँदै आएका थिए । उनीहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी सहितका एजेण्डा माओवादीसँग मिल्ने भएकाले ध्रुविकरण गर्नुपर्ने धारणा राख्दै आएका थिए ।

नयाँ शक्तिसँग बिद्रोह गर्नेहरुमा देवेन्द्र पौडेल, बामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला शिपाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहिद अन्सारी, हरि चौँलागाई, शर्मिला तमाङ, रत्न राना, रविन्द्र सुनुवार, ललित ठगुन्ना र कुलबहादुर मोक्तान रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 6 =