नुहाउने क्रममा डुबेर दाजुभाइ बेपत्ता

कात्तिक ३, चितवन । पवित्र तीर्थस्थल देवघाट धाममा श्राद्ध गर्न आएका दुई दाजुभाइ नुहाउने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार डुबेर बेपत्ता हुनेमा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१५ का ३८ वर्षीय चन्द्रमान श्रेष्ठ र उहाँका भाइ २८ वर्षीय राजकुमार श्रेष्ठ हुनहुन्छ ।


हिजाे दिउँसो १ बजे श्राद्ध गर्न पूर्व देवघाटतर्फको नदीमा नुहाउने क्रममा उहाँहरू बेपत्ता हुनुभएको हो । प्रहरी नायब उपरीक्षक आचार्यका अनुसार बेपत्ता श्रेष्ठ दाजुभाइको खोजी कार्य जारी छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eleven =