कुन मन्त्रालयले कति बेरुजु घटाए ? यसरी थाहा पाउनुहोस (बेरुजुसहित)

काठमाडौं, भदौ १३ । आर्थिक वर्ष २०७३/०७४ मा राष्ट्रपतिको कार्यालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र न्याय परिषदले शतप्रतिशत बेरुजु फर्छ्यौट गरेका छन् ।
राष्ट्रपति कार्यालयले गत आर्थिक बर्षसम्म बेरुजु रहेको ६ करोड ७५ लाख ९७ हजार रुपैयाँ फर्छ्यौट गरेको हो । यस्तै कानुन न्याय तथा संसदिय मामिला मन्त्रालयको ९ लाख ७४ हजार र न्याय परिषदको २ लाख ९ हजार रुपैयाँ पनि फर्छ्यौट भएको हो ।
गएको आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा धेरै बेरुजु फर्छ्यौट भएको बेरुजु फर्छ्यौट मूल्याङ्कन र अनुगमन समितिले जनाएको छ । समितिले गएको आर्थिक वर्ष ५० प्रतिशत बेरुजु फर्छ्यौट गर्न सफल भएको जनाएको छ । समितिले अघिल्लो आर्थिक वर्षमा ४७.९७ प्रतिशत बेरुजु फर्छ्यौट गरेको थियो ।
कुन मन्त्रालयले घटाए कति बेरुजु ?
बेरुजु फर्छ्यौट मूल्याङ्कन र अनुगमन समितिका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा तीनवटा कार्यालयले शतप्रतिशत र अन्य मन्त्रालय तथा निकायले ८१ प्रतिशतसम्म बेरुजु घटाएका छन् । समितिका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा सबैभन्दा धेरै बेरुजु घटाउने १० मन्त्रालय तथा निकाय :









