संसदको विशेष बैंठकपूर्व निर्वाचन आयोगले दलहरुलाई ‘मिटिङमा’ बोलायो

काठमाडौं, असोज २७ । भोलि शनिबार मध्यराति १२ बजेदेखि व्यवस्थापिका संसदका ५९२ सांसदहरुको कार्यकाल सकिने भएको छ । शनिबार मध्यराति १२ बजेपछि सांसदहरु भूतपूर्व हुने भएका छन् भने, पाउँदै आएका सबै सेवा सुविधा खारेज हुनेछ ।

आज संसदको अन्तिम बैंठक आह्वान गरिएपनि भोलि शनिबार पनि विशेष बैंठक गरिने भएको छ । भोलि शनिबार विशेष बैंठक राख्दै विधिवत ढङगले सांसदहरुलाई विदाई गरिने कार्यक्रम तय गरिएको छ ।

शुक्रबारको संसद बस्नुपूर्व निर्वाचन आयोग नेपालले प्रमखु दलसहित अन्य दलका शिर्ष नेताहरुलाई आयोगमा डाकेर आगामी निर्वाचन सम्बन्धि परामर्श लिने भएको छ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी के कस्तो हुँदैछ भन्नेबारेमा दलहरुसँग छलफल हुन लागेको आयोगका प्रवक्ता नवराज ढकालले मकालु खबरलाई जानकारी गराए । ‘अहिले १ बजेबाट कार्यक्रम सुरु हुन लागेको छ । प्रमुख दलसहितका अन्य दलका शिर्ष नेताहरुलाई आयोगमा डाकेर निर्वाचनको तयारीसम्बन्धि परामर्श लिदै छौँ ।’

आयोगमा अहिले १ बजेबाट सुरु हुने बैंठक उपस्थितमा हुन विभिन्न दलका शिर्ष नेताहरु आयोगतिर बाटो हिडाएका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले फोनमार्फत जानकारी गराउँदै आफू निर्वाचन आयोगको बैंठकमा जान लागेको बताए । ‘आज १ बजे निर्वाचन आयोगमा बैंठक छ । लुगा लगाएर उतै जान लागेको ।’उनले भने ।

आज सभामुख ओनसरी घर्तीले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गरेपछि शनिबार अपरान्ह संसदको विशेष विदाई बैठक आह्वा गर्दै छन् । असोज २९ गते समानुपातिकको बन्दसूची पेश गर्ने मिति तोकेकाले २८ गते मध्यरातिदेखि व्यवस्थपिका संसद विघटन हुने भएको छ । यसअघि कात्तिक ४ गते संसद विघटन हुने भनिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =