दोस्रो चरणको निर्वाचन असार १४ गते


जेठ, १७ काठमाडौँ । सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति पुनः पाँच दिन सारेको छ । मन्त्रिपरिषदको बुधवार बिहान बसेको बैठकले असार १४ गते दोस्रो चरणको निर्वाचन गर्ने निर्णय गरेको हो ।
यस अघि जेठ ३१ गतेका लागि तय भएको निर्वाचन असार ९ गतेसम्म सारिएको थियो । त्यसका दुई दिनपछि नै सरकारले पुनः निर्वाचनको मिति पाँच दिन सारेको मन्त्रिपरिषद् बैठक पछि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले बताए । निर्वाचन आयोगको परामर्शमा असार १४ गतेका लागि नयाँ मिति सारिएको गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिए । असार ९ गते मुस्लिम धर्मालम्वीको पर्व रमजान परेको भन्दै विरोध भएपछि सरकारले नयाँ मिति घोषणा गरेको हो । मङ्गलवार नै मुस्लिम समुदायका अगुवाले प्रधानमन्त्रीलाई भेटेर मिति सार्न आग्रह समेत गरेका थिए ।
दोस्रो चरणमा १, २, ५ र ७ मा निर्वाचन हुनेछ । दोस्रो चरणमा ४१ जिल्लाका ४६१ स्थानीय तहमा निर्वाचन हुनेछ ।








