आगलागीबाट साइला बलको घर नस्ट, पाँच लाखको क्षति

सिन्धुली,पुस २३ । सिन्धुलीको बरुणमा आगलागी भएको छ । आगलागीमा परि एक घर जलेर नष्ट भएको छ। मरिण गाउँपालिका ३ का साइला बलको घरमा आगलागी हुँदा घर जलेर नस्ट भएको हो।

आगलागीबाट बलको घरमा रहेको लत्ता कपडा लगायतका सामान जलेर नस्ट हुँदा पाँच लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक टिकाबहादुर केसीले दिएको जानकारी अनुसार घरको चुलोमा बालेको आगोबाट अचानक घरमा आगलागी भएको थियो। आगलागीबाट कुनै मानवीय क्षति नभएको उपरीक्षक केसीले जनाकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + fourteen =