जापानी सम्राटले सन् २०१९ मा गद्दी त्याग्ने

एजेन्सी । जापानी सम्राट अकिहितोले आगामी सन् २०१९ को अप्रिल ३० देखि राजगद्दी त्याग्ने घोषणा गरेका छन् । सो कुरा जापानी प्रधानमन्त्री सिन्जो आबेले शुक्रवार घोषणा गरेका हुन् । उनले जापानी सम्राटले स्वेच्छाले गद्दी त्यागको निर्णय गरेको जानकारी शुक्रवार दिएको समाचारमा जनाइएको छ ।

जापानको वर्तमान राजसंस्थाको करिब दुई शताब्दि पुरानो इतिहासमा यो पहिलो पटक यहाँका सम्राटले राजगद्दी त्यागको घोषणा गरेका हुन् । जापानी प्रधानमन्त्री सिन्जो आबेले जापानको राजपरिषदको विशेष बैठकमा हालै सो निर्णय गरिएकाे जानकारी दिए ।

सम्राट अकिहितोले यो निर्णय गरिसकेको जानकारी पनि उनले दिए । उनले अरू कुनै कारणले नभई आफ्नो स्वास्थ्य र उमेरका कारणले यो निर्णय गरेको पनि प्रधानमन्त्री आबेले जानकारी दिए ।

जापानी सम्राट अकिहितो हाल ८३ वर्ष भएका छन् । उनले राजगद्दी त्याग गरेपछि उनका छोरा ५७ वर्षका युवराजाधिराज नारुहितो राजगद्दीमा बस्नुहुने छ । प्रधानमन्त्री आबेले हालका राजाले गद्दी त्याग गर्ने र युवराजाधिराजले गद्दी आरोहण गर्ने कार्यक्रमलाई जापानमा विशेष समारोहका रूपमा मनाइने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 15 =