माओवादी केन्द्रका पोलिटव्युरो सदस्य जगत पार्की कांग्रेस प्रवेश

मंसिर ५, डडेल्धुरा । नेकपा (माओवादी केन्द्र)का पोलिटव्युरो सदस्य एवं प्रतिनिधिसभाका समानुपातिकतर्फका उम्मेदवार जगत पार्की नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

डडेल्धुराको अलितालमा आयोजित काँग्रेसको चुनावी सभामा पार्कीसहित माओवादी केन्द्रका पूर्व डडेल्धुरा इन्जार्च एवं केन्द्रीय सदस्य जनक कलौनी, लक्ष्मी उप्रेतीसहितका थुप्रै माओवादी कार्यकर्ता काँग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले टीका लगाएर स्वागत गरेका थिए ।

कार्यक्रमपछि पार्कीले माओवादी केन्द्रले जनअधिकारलाई छोडेर परम्परावादी शक्तिको रुपमा रहेको एमालेसँग एकीकरण गर्ने निर्णय गरेकाले लोकतान्त्रिक शक्तिको रुपमा रहेको काँग्रेसमा प्रवेश गरेको बताए । माओवादीका प्रभावशाली नेताहरु नै कांग्रेसमा प्रवेश गरेपछि निर्वाचनमा वाम गठबन्धनको कडा सामना गरिरहेका देउवालाई केही राहत भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − five =