टोलाएरै बिताएका रात
२०७४ जेठ १५ गते


कयौंपटक टोलाएरै बिताएका रात साक्षी छन् ।।
मेरै हौ भनी सुम्सुमाएका यी हात साक्षी छ्न् ।।
इतिहास बोल्छ बाउबाजेले रणभुमिमा गरेको त्याग ।।
कसैलाई सोध्ने चारैवर्ण छत्तिस जात साक्षी छन् ।।
जब विपत्तिमा छिमेकीले टाँग लडाउँछ यसरी ।।
सरकारबाटै भएका कत्ति अन्तर्घात साक्षी छन् ।।
मनको बाँध तोडेर भेल उसैगरी उर्लिएको थियो ।।
जसरी कोशीकर्णालीले पारेका वज्रपात साक्षी छन् ।।
कहिले दबाबमा कहिले अभावमा गल्ती भएकै हो ।।
असरल्ल छरिएका सम्झौताका खात साक्षी छन् ।।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








