बाढी पीडितलाई लुमन्तीको सहयोग

विपीन शर्मा, मकालु खबर । रत्ननगरका बाढी पीडित सुकुम्वासीहरुलाई लुमन्ती आवासका लागि सहयोग समूहले सहयोग प्रदान गरेको छ । समूहले बाढीबाट प्रभावित भएका रत्ननगर ७ र ८ का सुकुम्वासी समुदायमा बुधवार राहत स्वरूप सहयोग प्रदान गरेको हो । वडा नम्बर ७ सिसवार स्थित मुसहर बस्तीका १० घरपरिवार र वडा नम्बर ८ को वगर टोल स्थित १८ घरपरिवारलाई सहयोग प्रदान गरिएको लुमन्ती आवासका लागि सहयोग समूह रत्ननगरका कार्य क्षेत्र संयोजक सिंहवहादुर लामाले जानकारी दिए ।

वडा नम्बर ७ का वडा सदस्य भगन्तीया माझी र पत्रकारको रोहवरमा खाद्यान्नसहितको सहयोग प्रदान गरिएको हो । उनीहरूलाई प्रतिपरिवार एक बोरा चामल,दुई किलो दाल,२ लिटर तेल,सोयविन ४ पोका,सावुन २ थान ,झुल १ थान र भ्याट २ मिटर प्रदान गरिएको लामाले बताए । त्यस्तै, रत्ननगर ८ वगर टोलका बाढी पीडित १८ परिवारलाई पनि खाद्यान्नसहित सोही सामाग्री प्रदान गरिएको थियो । वडा नम्बर ८ का वडा सदस्य नेत्रलाल गिरी र गोकर्णकुमारी महतो ,नेपाल सुकुमवासी सुधार समितिका अध्यक्ष फुलमान तामाङ,तथा पत्रकारको रोहवरमा वितरण गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − thirteen =