स्याङ्जा २‘क’ मा एमालेका मोहन प्रसाद रेग्मी विजयी

मंसिर २६, पोखरा । काँग्रेस र बामगठबन्धनबीच आन्तरिक बिवादका कारण ढिलोमतगणना सुरु भएको स्याङजामा क्षेत्र नम्वर २ को क बाट बामगठबन्धनका साझाउमेदवार एमालेका मोहन प्रसाद रेग्मी विबयी भएका छन्।

उनी ३ हजार ४७३ मतान्तरले विजयी भएका छन्। रेग्मीले १६ हजार ६ सय १३ मत ल्याई विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार विष्णु पौडेलले १३ हजार १ सय ४० मत ल्याएका छन्। यस अघि क्षेत्रनम्वर १ को ‘क’ र ‘ख’ बाट गठबन्धनका दिपक चर्तिमगर र मिन प्रसाद गुरुङ बिजयी भइसकेका छन्।

स्यङजाको प्रतिनिधि सभाको क्षेत्रनम्वर १ एमालेकी पध्मा अर्यालले २ हजार मतले काँग्रेसका गोपालमान श्रेष्ठसंग अग्रता लिएकी छन् भने २ मा एमालेका नारायण मरासीनीले काँग्रेसका राजु थापालाई पछि पारेका छन्, मतगणना जारी छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *