राप्रपा महामन्त्री राजेन्द्र लिङदेनको घोषणा : कांग्रेस–राप्रपा गठबन्धन टुट्यो

कार्तिक १३, काठमाडौं । कांग्रेस पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र राप्रपा महामन्त्री राजेन्द्र लिङदेनले एउटै निर्वाचन क्षेत्र झापा–३ मा उम्मेदवारी दिने घोषणा गरेपछि कांग्रेस र राप्रपाबीचको गठबन्धन टुटेको छ ।

राप्रपा नेता लिङदेनले दाबी गर्दै आएको झापा–३ मा कांग्रेस नेता सिटौलाले पनि दाबी नछोडेपछि गठबन्धन टुटेको सामाजिक संजालमार्फत लिङदेनले घोषणा गरेका हुन् ।

झापामा तेस्रो स्थानमा रहेको राप्रपासँग चुनावी तालमेल गर्ने तयारी गर्दै पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको नाम कांग्रेसले पहिले समानुपातिकमा राखेको थियो । तर, सिटौलाले झापा ३ मा आफू प्रत्यक्ष चुनावमै लड्ने अडान लिएपछि राप्रपा नेता लिङ्देनले कांग्रेससँगको गठबन्धन टुटेको घोषणा गरे ।

लिंङ्देनले आफ्नो ट्वीटरमा लेखेका छन्– ‘भ्रममा नपरौं झापा क्षेत्र नं३बाट मेरो उम्मेदवारी कायम रहन्छ । कुरा यति हो । एउटै गठबन्धनको २ उम्मेदवार भएपछि कांग्रेससंगको गठबन्धन टुट्यो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + thirteen =