निगममा खड्का गजधम्म, यता बैठक नै नबसी तीन हजार क्वाप्पै !

काठमाडौँ, माघ २४ । पत्याउनुहुन्छ, नेपाल आयल निगममा अझै पनि गजधम्म भई बसेका छन्, गोपाल खड्का । निगमका लागि जग्गा खरिदका क्रममा एक अर्ब ६७ करोड अनियमितता गरेपछि पदबाट बर्हिगमन भएका खड्कालाई निगममा अझैपनि गजधम्म भई बसेको देख्न सकिन्छ ।

एक पटक नेपाल आयल निगमको वेव साइड खोलेर हेर्नुहोस् त त्यहाँ खड्का गजधम्म भइ बसको देख्न सकिन्छ । त्यहाँ अझैं पनि उनी कार्यकारी निर्देशककै जिम्मेवारी सम्हालिरहेका छन् । र, कुर्सीमा अडेस लागेर बसेको देख्न पाइन्छ, गोपाल खड्कालाई । जबकि खड्का आयल निगमबाट आपूर्ति मन्त्रालयमा हाजिर हुन थालेको तीन महिना बितिसकेको छ । तर, वेवमा भने अझै पनि उनकै नाम देख्न सकिन्छ ।


यता, आपूर्ति मन्त्रालयमा कर्मचारीहरु जान किन ज्यानै दिन्छन् भन्ने रमाइलो घट्ना अस्ति शुक्रबार देखियो । जतिबेला इन्धनको भाउ बढाइयो । पेट्रोल एक सय पाँच, डिजेल र मट्टितेल ८३, ह्वाइ इन्धन आन्तरिक ९५ रुपैयाँ रहेको थियो । भारतमा पेट्रोलको मूल्य वृद्धि भएसँगै शुक्रबार राति एक्कासी यहाँ पनि तेल भाउ बढाइयो । त्यसका लागि मन्त्रालयले कुनै बैंठक आह्वान गरेन तर बैंठक भत्ता भन्दै कर्मचारीलाई तीन हजार रुपैयाँ बाड्यो । मन्त्रालयमा बैंठक नै नबसी भत्ता बुझेका केही कर्मचारीहरु गलल्ल हास्दैँ भन्दै थिए : हा ! हा ! बैठक त बसिएन तर भत्ता चाहिँ बुझियो ।’ त्यसपछि उनीहरु बुझेको पैसा पकेट भित्र हाल्दै बैंठक भत्ता बुझेको फायलमा हस्ताक्षर गर्दै बाहिररिए ।

यसरी बैंठक नै नबसी तीन हजार भत्ता बुझेर बाहिरिएका उनीहरु खाममा दाम बुझे । यसरी बैंठब नै नबसी बैंठक भत्ता पचाउनेहरुमा मन्त्रालयका सचिवहरु रहेका छन् । आयल निगमको सञ्चालक समितिको अध्यक्ष हुन्छन्, आपुर्ति मन्त्रालयका सचिव । अहिले त्यो पदमा अनिल ठाकुर छन् । त्यहाँका सह सचिव मुकुन्द पौडेल, गुणस्तर विभागका महानिर्देशक विश्ववावु पुडासैनी,अर्थ मन्त्रालयका सह सचिव उदयराज सापकोटा,आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित विभागका महानिर्देशक कुमार प्रसाद दाहाल,गोपाल खड्का,अधिकारिक ट्रेड युनियनका विकास बखती र अरबिन्द कुमार अग्रवालले बैंठक नै नबसी भत्ता पचाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + ten =