छेलामा बेवारिसे शव फेला
२०७४ जेठ १५ गते

धनगढी, माघ ५ । कञ्चनपुरको वेदकोट नगरपालिका–३, छेलामा एक बेवारिसे शव फेला परेको छ ।
दुई रुखको जराको बीचमा अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । शव स्थानीय मेलापात गएका महिलाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शव पूरै सडेकाले चिन्न नसकिने अवस्थामा रहेको प्रहरी निरीक्षक थापाले बताए । शव दश दिन अगाडिको जस्तो देखिएको बताईएको छ । शवको हालसम्म सनाखत हुन सकेको छैन । शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालतर्फ पठाइएको छ ।
शव परीक्षण पछि मृत्युको कारण खुल्ने भएकाले त्यसकै आधारमा अनुसन्धानको कार्य अगाडि बढाइने प्रहरीले बताएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








