डडेल्धुरामा प्रधानमन्त्री देउवाले अग्रता बढाउँदै

डडेल्धुरा, मंसिर २३ । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता बढाउँदै लैजानुभएको छ ।

शुक्रबार रातिदेखि मतगणना सुरु भएकोमा नेपाली कांग्रेसका सभापति समेत रहनुभएका देउवाले ५ हजार ४ सय २६ मतसहित अग्रता लिइरहनुभएको छ ।

उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका खगराज भट्टले दुई हजार सात सय मतसहित पछ्याइ रहनुभएको छ । देउवा भट्ट भन्दा दुई हजार सात सय २७ मतले अघि रहनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =