क्यान्सर रोगबारे गगन नगर युवाक्लबको चेतनामुलक कार्यक्रम

काठमाडौं, माघ २२ । विश्व क्यान्सर दिवसको उपलक्ष्यमा गगन नगर युवा क्लबले क्यान्सर सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका डा. सृष्टि प्रजापतिले क्यान्सर रोगको लक्षण र यसको उपचार तथा यसबाट बच्ने उपायबारे स्पष्ट पारेका थिए ।

गोकर्णेस्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोकर्णेस्वर नगरपालिका ५ नं वडा अध्यक्ष नारायण बहादुर सुबेदी, गगन नगरका अध्यक्ष गोविन्द ढुंगेल, बसुकिनगरका अध्यक्ष गिरिराज ओझा, सुगमनगरका अध्यक्ष कपिल उप्रेती, टाईम लाईन स्कुलका अध्यक्ष नवराज रिजाललगायतले क्यान्सर रोगकाबारेमा चर्चा गरेका थिए । क्लबका अध्यक्ष ईश्वर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संयोग ढुंगेलले गरेका थिए ।

क्यान्सर रोगबाट मृत्यु हुने, रोगसँग संर्घष गरिरहेका क्यान्सर पीडितहरुको सम्झनामा मैनबत्ती प्रज्वलन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + five =