भोजपुरमा एन आई सी एसिया बैङ्कको शाखा विस्तार
२०७४ जेठ १५ गते

कार्तिक १७, भाेजपुर । एन आई सी एसिया बैङ्कको नयाँ शाखा स्थापना भएकाे छ । भोजपुर न.पा. वडा नं. ०७ चेङ्गवेनी चौकमा बैंककाे नयाँ शाखाकाे आज उद्घाटन गरिएकाे हाे ।

भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेद्वारा एक कार्यक्रमका बिच बैंककाे उद्घाटन गरेकाे हुन् । शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआई सी एसिया बैङ्क निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । भोजपुर शाखाको समुद्घाटनसँगै यस बैंककाे अधिराज्यभर १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टर भएकाे छ ।
बैङ्कले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको जनाएकाे छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








