‘काँग्रेस यस्तो पार्टी हो, जसले हरेक समस्याहरूको समाधान गरेको छ’


नेपालगञ्ज उपमहानगर पालिकाको मेयरका लागि नेपाली काँग्रेसबाट उम्मेदवार हुनु भएका डा. सुरेश कुमार कनोडिया प्रभावशाली सामाजिक व्यक्तित्व हुनुहुन्छ । नेपालगञ्ज मेडिकल कलेजका डाइरेक्टर समेत रहनु भएका डा. कनोडियाले निर्वाचित भएको अवस्थामा राज्यबाट कुनै पनि सेवा सुविधा नलिईकन जनताको सेवा गर्ने सार्वजनिक गर्नुभएको छ ।
नेपालगञ्ज उपमहानगर पालिकालाई सुविधासम्पन्न नगर बनाउन तथा नगरका साझा समस्या हल गर्न आफ्नो उम्मेदवारी भएको बताउने डा. कनोडियासँग गरिएको कुराकानीको संक्षेपः

नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा टिकट पाउनु भयो कत्तिको घरदैलो गर्दै हुनहुुन्छ ?

अहिले स्थानीय जनताका घरदैलोमा गएर जनताका समस्या, सल्लाह सुझावहरू ग्रहण गर्ने कार्यक्रम भएका छन् । विशेष गरी नेपालगञ्ज क्षेत्रको विकास र यहाँका जन अपेक्षालाई बुझेर कस्ता कार्यक्रम बनाउन राम्रो हुन्छ भन्ने कुरामा केन्द्रित भएर लागेको छु । चुनावमै केन्द्रित भएर गाउँ गाउँमा जाने साथीभाईसँग छलफल गर्ने पार्टीलाई नगरमा जिताउने अभियानमा लागि परेको छु ।

नेपाली काँग्रेसबाट उम्मेदवारी दिनुको कारण के हो ?

समाजसेवा गर्ने सोचका साथ मैले मेयर पदमा उम्मेदवारी दिएको हुँ । स्थानीय निकायको निर्वाचन २० वर्षपछि हुन लागेकोले देश विकासको मार्ग प्रशस्त गर्ने उद्देश्यका साथ म अघि सरेको हुँ । स्थानीय बासीले समेत अघि बढ्नुपर्छ र आफ्नो नगर आफ्नो क्षेत्र आफैँ विकास गर्नुपर्छ भनेकाले मैले आम जनताको मनोभावलाई बुझेर जनताको पार्टी नेपाली काँग्रेसबाट उम्मेदवारी दिएको हुँ ।

नेपालगञ्ज उपमहानगरपालिकाका समस्या केके छन् ?

देशकै एउटा औद्योगिक नगरी भए पनि नेपालगञ्जमा औद्योगिक व्यवस्थापन उचित भएको छैन । अशिक्षा छ, विकासमा पूर्वाधार भने अनुसार निर्माण भएका छैनन् । अब्यवस्थित शहरीकरण, अब्यवस्थित र कमजोर सडक संरचना, बिजुली बत्तीको व्यवस्थापन प्राुख समस्या रहेका छन् । यसका साथै बेरोजगारी पनि बढेको छ ।

समस्या त देख्नु भयो, समाधान केके छन् ?

हो, अहिलेसम्म हामीहरूले समस्यामात्र पहिल्याउने काम गरिरहेका छौँ । म समस्या केलाएर समाधान गर्न चाहन्छु र यसका लागि पनि मेरो उम्मेदवारी हो । यदि मलाई जनताले विश्वास गरी विजयी गराएमा मैले यस क्षेत्रका प्रत्येक वडाहरुलाई समृदशाली वडा बनाउँने छु । विकासका निम्ति कुनै पनि कसर नछाड्ने प्रतिबद्धता व्यक्त गर्दछु । नेपालगन्जलाई स्मार्ट सिटिका रूपमा विकास गर्ने, भष्टाचार मुक्त नेपालगन्ज बनाउने, यस क्षेत्रमा कुषि र औधोगिकरणको विकास गर्ने, मेरो सोच रहेको छ भने,  झुपडीरहित नेपालगन्ज बनाएर बेरोजगार युवाहरूलाई रोजगारीको सिर्जना गर्नेछु । पिछडिएका तथा सिमान्तकृत वर्ग खासगरि चिडिमार बस्तीको विकासका लागि विशेष पहल गर्नेछु । वृद्धाश्रम तथा धर्मशालाको स्थापना गर्ने छु,  नेपालकै अग्लो स्पोर्टस एकेडेमीको स्थापना गर्ने छु । सडकलाई व्यवस्थित गरी गाउँ सहर जोड्ने चक्रपथ बनाउने छु । खानेपानी, सार्वजनिक शौचालय निर्माणमा केन्द्रित हुनेछु । बढ्दो बेरोजगारी कम गर्नका लागि  प्राविधिक तथा सिपमुलक शिक्षाको व्यवस्था गर्नेछु । नेपालगन्जलाई पर्यटकिय हब बनाउन अन्तराष्ट्र्रिय बिमानस्थलको लागि पहल गर्नेछु । जनतालाई सर्वुलभ रूपमा स्वास्थ्य सेवा पु¥याउन कदम चाल्नेछु ।

विसौं वर्षदेखि क्रियाशील रहेका काँग्रेसका नेता कार्यकर्ताहरूलाई बाईपास गरेर तपाईँलाई टिकट दिइयो भनेर आक्रोस फैलिएको छ, असन्तुष्ट पक्षलाई कसरी मिलाउनुहुन्छ ?

प्रतिस्पर्धामा रहनु भएका साथीहरूले राजनीतिलाई नै पेसा बनाउनु भयो जसले गर्दा उहाँहरूले टिकट पाउन सक्नु भएन । म २ वर्ष देखि मात्र सक्रिय भए पनि राजनीतिलाई समाजसेवा गर्ने माध्यम बनाएँ । मैले यस अघि भूमिगत कालमा स्व.सुशील कोइराला लगायतका अन्य नेताहरू सँग पनि काम गरेको छु । अब उहाँहरूलाई मिलाउने कुरामा मेरो जीत भनेकै काँग्रेसको जीत हो । मेरो टिकटमा जसलाई दुखितः बनाएको छ, उहाँहरूसँग नेपालगञ्जको विकास र काँग्रेसको सुदृढिकरणमा हातेमालो गरेर अगाडी बढ्न चाहन्छु । सहयोग गर्नुहोस्
भन्दछु ।

अन्त्यमा जनताहरुलाई के भन्न चाहनु हुन्छ ?

काँग्रेस यस्तो पार्टी  हो, जसले हरेक समस्याहरूको समाधान गरेको छ । तत्कालीन समय सशस्त्र विद्रोह गरेको नेकपा माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याएर देशमा शान्ति स्थापना गर्न नेपाली काँग्रेसको ठुलो देन छ । त्यसपछि संविधान निर्माण गर्न, संविधान कार्यान्व्यन लगायत देशको विकासमा यो पार्टीले धेरै कामहरू गरेको छ । त्यस कारणले पनि हामीले नेपाली काँग्रेसलाई स्थानीय देखि केन्द्रीय राज्य सत्तामा पु¥याउन आवश्क छ भन्दै रुख चिन्हमा मतदान गरेर मलाई यहाँहरूको सेवा गर्ने मौका दिनहुन हार्दिक अनुरोध गर्दछु ।

 प्रस्तुतिः लोकेन्द्र थापा

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =