खर्च विवरण पेश गर्न प्रतिनिधि तथा प्रदेशसभा उम्मेदवारलाई आयोगको निर्देशन 

काठमाडौं, पुस २३ । निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेशसभा उम्मेदवारलाई छिटो खर्च विवरण पेश गर्न निर्देशन दिएपनि अझै पनि सबै उम्मेदवारले खर्चविवरण पेश गरेका छैनन् ।

आयोगले गत मंसिर १० र २१ गते सम्पन्न निर्वाचनमा प्रत्यक्ष तर्फको चुनाबमा प्रतिस्पर्धा गरेका उम्मेदवारलाई खर्च विवरण पेश गर्न आग्रह गरेको थियो । निर्वाचन सम्पन्न भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्च पेश गर्नुपर्ने कानूनी व्यवस्था छ । मंसिर १० गते पहिलो चरणमा निर्वाचन भएको ३५ दिन कटेपनि अझै धेरै उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् ।

खर्चको विवरण नबुझाउने उम्मेदवार तथा दललाई संघीय कानूनअनुसार कारबाही गर्ने आयोगले जनाएको छ । उम्मेदवारले सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालय क्षेत्रीय निर्वाचन कार्यालयमा निर्वाचन खर्चको विवरण पेश गर्नुपर्ने छ ।

निर्वाचन कसूर तथा सजायसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०७३ को दफा ३१ मा निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी र खर्चको विवरण बुझाउनुपर्ने व्यवस्था छ । निर्वाचन आयोगले खर्च विवरण बुझाउन ताकेदा जारी राखेको आयोगका सुचना अधिकारी सुर्यप्रसाद आर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 3 =