‘टाउकाको मूल्य तोक्नेले गणतन्त्रको रखबारी गर्न सक्दैनन्’

८ असार, नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमाले चुनावमा विजयी भए गणतन्त्र खतरामा पर्ने बताएका छन् ।

बाँकेको खजुरामा चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गणतन्त्रको बाली माओवादीले लगाएको भन्दै त्यसको फल माओवादी र जनताले पाउनु पर्ने बताउनु भएको हो ।

 

‘माओवादी बलियो हुँदा मात्र परिर्वतन संस्थागत हुन सम्भव छ’ उनले भने, ‘गणतन्त्र चाहियो भन्दा संकटकाल लगाएर टाउकाको मूल्य तोक्नेले गणतन्त्र बचाइदेलान् भनेर सोचियो भने ठूलो दुर्भाग्य हुनेछ ।’

प्रचण्डले आफ्नो नेतृत्वको सरकारले १० महिनामा लोडसेडिङ अन्त्य गर्नुका साथै आर्थिक वृद्धिदर हासिल गरेर देखाएको बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 18 =