दक्षिण कोरियामा हुने ओलम्पिक प्रतियोगितामा उत्तरले भाग लिने

काठमाडौं, पुस २३ । उत्तर कोरियाका ओलम्पिक अधिकारीले दक्षिण कोरियाको राजधानी सिओलमा हुने आगामी ओलम्पिक प्रतियोगितामा भाग लिने जनाएका छन् ।

उत्तर कोरियाका अन्तर्रा्ष्ट्रिय ओलम्पिकका प्रतिनिधि च्याङ यङले चीनको बेइजिङ अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उत्तर कोरियाले दक्षिण कोरियामा हुने ओलम्पिकमा भाग लिने बताएका हुन् । चाङ त्यसबारे कुराकानी गर्न स्वीजरल्याण्ड जाने बताइएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनले उत्तर कोरियाको त्यस्तो प्रतिक्रियापछि सयुक्त बैठक गर्ने प्रस्ताव गर्नु भएको थियो । चीनमा गएको डिसेम्बरमा भएको उत्तर र दक्षिण कोरियाका खेलकुद अधिकारीको गोप्य बैठकपछि मुन र किमको त्यस्तो धारणा आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =