सुनसरी क्षेत्र नम्बर तिनलाई देशकै नमुना बस्ती बनाउने भगवती चौधरीको दाबी

कार्तिक २३, दुहवी । सुनसरी क्षेत्र नम्बर तिनमा बामगठबन्धनकी साझा उम्मेदवार भगवती चौधरीले जनताले दिएको एक एक मतको कदर गर्दै क्षेत्र नम्बर तिनलाई देशकै नमुना बस्ती बनाउने बताएकी छन् ।

बाम गठबन्धनले ईनरुवाको चाँदवेला र बर्जुको अमडुवामा सञ्चालन गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उनले जनताको अनुहारमा मुस्कान र आँगनमा खुसी ल्याउन कुनै कसरत बाकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गरिन । कार्यक्रममा लोकतान्त्रिक फोरम, नेपाली काँग्रेस र सङ्घीय समाजवादी फोरम पार्टी परित्याग गरी एमाले प्रवेश गरेका तिनसय नेता कार्यकर्तालाई उनले अबिर लगाएर पार्टीमा स्वागत गरेकी थिइन ।

एमाले प्रवेश गर्ने व्यक्तिहरूले सुनसरी क्षेत्र नम्बर तिनको सम्वृद्धि र विकास भगवती चौधरीको नेतृत्वमा मात्र हुन सक्ने विश्वासमा एमाले प्रवेश गरेको बताएका थिए । उनीहरूले आफूहरू रहेको पार्टीमा तानाशाही प्रबृति रहेको र जनताको समस्याहरूको उचित सम्बाेधन नगरिएकाले एमाले प्रवेश गरेकाे बताएका थिए । सुनसरी क्षेत्र नम्बर तिनमा २२ वर्ष देखीको एकल सर्वसत्तावादलाई तोडेर नेतृत्व परिवर्तन गर्नुपर्ने आवश्यकत्तामा उनीहरूले जोड दिएका थिए ।

उक्त कार्यक्रममा नव प्रवेशीहरुलाई पार्टीले उचित मूल्याङ्कन गरी जिम्मेवारी दिइने एमाले केन्द्रीय सदस्य समेत रहेकी भगवती चौधरीले बताइन । उनले सुनसरी क्षेत्र नम्बर तिनको विकास र सम्वृद्धिको अभियानमा अग्रसर हुन जनतालाई आग्रह समेत गरिन । झुठा आश्वासन, पद र पैसाको प्रलोभन देखाउनेले जनताको कहिल्यै पनि भलो नगर्ने भन्दै सचेत समेत गराइन । पुस महिना नलाग्दै नेपालमा वामपन्थीहरुको बहुमतको सरकार बन्ने चौधरीको दाबी छ । उनले एक नम्बर प्रदेशमा एमालेको सरकार बन्ने विपक्षीहरूले पनि स्वीकार गरेको बताएकी थिइन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 12 =