बाढी पिडितलाई तरुण दलको सामुहिक भोजन


भाद्र १२, सुनसरी । नेपाल तरुण दल सुनसरीले आज २ सय ५० बाढी पीडितलाई निःशुल्क सामूहिक भोजन गराएको छ । तरुण दल सुनसरीले इटहरी वडा नं. ३ सुनौली बस्तीका २ सय ५० बाढी पीडितलाई निःशुल्क सामूहिक भोजन गराएको हो ।
‘एक तरुण एक राहत’ अभियान अन्र्तगत दुई सातादेखि सुनसरीका विभिन्न क्षेत्रका बाढी पीडितलाई उद्धार तथा राहत वितरण गर्दै आएको तरुण दलले बाढी पीडित जनतालाई सामूहिक खाना खुवाएको तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङले बताए ।

सामूहिक खाना कार्यक्रममा तरुण दल क्षेत्रीय उपाध्यक्ष सम्पूर्ण ताम्राकारले ५० किलो मासु, अर्का क्षेत्रीय उपाध्यक्ष रवि राईले १ बोरा आलु, राज शाही र तारा राईले चामल सहयोग गरेको तरुण दल सुनसरी उपाध्यक्ष सन्तोष विकले जानकारी दिए । उनले युवाहरूलाई सामाजिक क्षेत्रमा सहभागी गराउँदै देश निर्माणमा लाग्न अभिप्रेरित गर्न कार्यक्रम गरिएको बताए ।
तरुण दलले अभियानमा राहत वितरण, निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ भने, अब बाढी पीडितको पुर्नस्थापनाका लागि आवास निर्माण गर्ने तयारी गरेको छ ।








