शिक्षण सहयोगी शैक्षिक सङ्गठन गठन
२०७४ जेठ १५ गते


जेठ २०, धरान । सुनसरी धरानका विभिन्न ठाउँमा रहेर अनौपचारिक शिक्षा टेष्ट प्रिपेरेशन, एजुकेश्नल कन्सल्टेन्सी, टयूशन, ब्रिज कोर्ष, अग्रेजी भाषा, कम्प्युटर शिक्षा लगायतका शिक्षा प्रदान गर्दै शैक्षिक परामर्श दिँदै आइरहेका संस्थाहरूको छाता सङ्गठन ‘शिक्षण सहयोगी शैक्षिक सङ्गठन’ गठन गरिएको छ ।
सुरेश राईको अध्यक्षतामा गठित समितिको उपाध्यक्ष ललिता आङबुहाङ, सचिव विशाल राई, सह–सचिव सोनम रिजाल, कोषाध्यक्ष कैलाश लिम्बु रहेका छन् । त्यस्तै सदस्यहरूमा सन्तोष राई तथा तुलसा गुरुङ लगायत छन् । अनौपचारिक शिक्षा प्रदायक संस्थाहरू र कन्सल्टेन्सीहरुलाई एकत्रित गरेर सामाजिक सेवाका साथै व्यावसायिक हक अधिकारका लागि सङ्गठित भईएको सङ्गठनका नव गठित अध्यक्ष सुरेश राईले बताए ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








