रेल मार्ग अध्ययन गर्दै चिनियाँ टोली पोखरा हुँदै लुम्बिनीमा

एन एच पौडेल, कास्की । सरकारको प्रमुख योजनामा परेको रेलमार्ग निर्माणको सम्भावनाबारे अध्ययन गर्न नेपाल आएको चिनियाँ उच्च प्राविधिकसहितको टोली काठमाण्डौंदेखि पोखरा हुँदै लुम्बिनी सम्मकोे स्थलगत अध्ययन गरेको छ ।

चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा आएको अध्ययन टोलीले पोखराको विजयपुर र बिरौटा क्षेत्रमा क्षेत्रमा सम्भावित रेल्वे स्टेसनबारे अध्ययन गरेको हो ।

रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायका अनुसार स्थलगत अवलोकनपछि उनीहरूले रेल निर्माणका विषयमा सकारात्मक प्रतिक्रिया दिएका छन् । प्रस्तावित रेलमार्गको निर्माण सम्भव देखिएको उनीहरूले बताएको भौतिक निर्माण तथा यातायात मन्त्रालय रेल विभागका डिभिजन इन्जिनियर प्रकाश उपाध्यायले बताए । ‘यो फिल्ड र विकल्पहरू हेर्ने र प्रतिवेदन बुझाउने टोली हो, अहिले सम्म उनीहरू सकारात्मक भएको पाएका छौ’उनले भने । ‘टोलीले तयार पारेको प्रतिवेदन चीनिया सरकारलाई बुझाउँछ र अन्य प्रक्रिया अगाडि बढ्छ ।’

टोलीले लुम्बिनी सम्मको सम्भाब्यता अध्यायन टुङ्गएको उपाध्यायले जानकारी दिए । ‘लुम्बिनी सम्मको अध्यायन टुङ्गीयो’ उनले भने । टोलीले काठमाण्डौं देखि पोखरासम्मको भौगोलिक अवस्था,सुरुङमार्ग र पुललगायत भौगालिक अवस्थाको बारेमा समेत अध्यायन गरेको थियो । केरुङ–काठमाडौँ र काठमाडौँ पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेल मार्ग निर्माणको सम्भाब्यता अध्यायन गर्न चिनियाँ उच्च अधिकारी र प्राविधिकहरु सहितको टोली सोमबार काठमाडौँ आएको हो । काठमाण्डौं ओर्लीएदेखि नै उनीहरूले सरोकार वालानिकायका पदाधिकारी सँग छलफल तथा स्थलगत अवलोकन गरिरहेका छन् ।

नेपालको भौगोलिक अवस्था र रेलमार्गका लागि चीनले गर्नुपर्ने सहयोगका विषयमा अध्ययन तथा छलफल गर्न टोलीले जिम्मेवारी पाएको छ । तिब्बतको सिगात्सेसम्म निर्माण भइसकेको रेलमार्ग केरुङ हुँदै काठमाडौँसम्म जोड्ने योजना छ । चीनले अघिसारेको ‘वान बेल्ट, वान रोड’को महात्माकांक्षी योजनामा नेपालले सहमति जनाउदै हस्ताक्षर गरिसकेको छ ।

नेपाली पक्षसँग हस्ताक्षर भएपछि त्यसलाई दुर्तरुपमा अगागी बढाउन चिनियाँ पक्ष सकारात्मक देखिएको छ । उक्त रेलमार्ग काठमाडौँबाट लुम्बिनीसम्म जोड्ने सरकारी योजना छ । काठमाडौँ–पोखरा रेलमार्गको यसअघि नै अध्ययन भइसकेको छ, भने पोखरा–लुम्बिनीको मार्ग भने अध्ययन भएको छैन । रेल मार्ग बनाउन विभिन्न चिनियाँ कम्पनीले चासो देखाउँदै रेल्वे विभागसँग चासो व्यक्त गर्दै आएका छन् । टोलीले स्थलगत अध्यान लुम्बिनी सम्म गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + fifteen =