डाक्टर केसीको समर्थनमा पोखरामा प्रदर्शन

पोखरा, पुस २५ । डाक्टर गोविन्द केसीको समर्थनमा पोखरामा बिहानै देखी प्रदर्शन गरिएको छ। सर्वोच्च अदालतले गरेको फैसला प्रति असन्तुष्टि जनाउदै सोमवार अनसन शुरु गरेका केसीलाई अनसनस्थलबाटै प्रहरीले पक्राउ गरेपछि मंगलबार बिहानै देखि पोखरामा प्रदर्शन सुरु गरिएको हो ।

डाक्टर केसीका समर्थकहरुले उनको रिहाई र सर्वोच्च अदालतले गरेको फैसलाको खारेजीको माग गर्दै मंगलबार बिहान पोखराको चिप्लेढुङ्गा र महेन्द्रपुल बजारका मुख्य चोकहरुमा प्रदर्शन गरेका हुन्। पोखरामा नयाँशक्ति र विवेकशील पार्टीका कार्यकर्ता र केसीका अन्य समर्थकहरुले केसीको रिहाई माग गर्दै बिरोध स्वरुप र्याली निकालेका हुन् ।

हातमा प्लेकार्ड र ब्यानर सहित निस्किएको र्यालीले विभिन्न नारा लगाउदै चोकमा प्रदर्शन गरेका थिए। र्यालीमा ठूलो संख्यामा सर्वसाधारणहरुको सहभागिता थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 8 =