पापी छोरो जस्ले आफ्नै आमाको ज्यान लियो
२०७४ जेठ १५ गते

भरतपुर ,भदौ १४ । भरतपुर महानगरपालिका–१५ मंगलपुरमा छोराको कुटाइबाट आमाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ४५ बर्षीया सविता दरैलाई आफ्नै छोरा २० बर्षिय आशिष दरैले आज बिहान करिव १० बजे बाँधेर कुटपिट गर्दा गम्भीर घाइते भई उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा मृत्यु भएको हो ।
मादकपदार्थ सेवन गरेकी आमालाई सुधार्न भन्दै बाँधेर कुचो र हातले पिट्ने क्रममा उनी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने छोरा आशिषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








