प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा डोरमणि पौडेल नियुक्त

काठमाडौं, माघ २८ । ३ नम्बर प्रदेशको मुख्यमन्त्री एमाले प्रदेशसभा संसदीय दलका नेता डोरमणि पौडेल नियुक्त भएका छन् । एमाले–माओवादी केन्द्रले संयुक्त पत्र पठाएपछि प्रदेश प्रमुख अनुराधा कोइरालाले पौडेललाई मुख्यमन्त्री चयन गरेकी हुन् । पौडेल मकवानपुर– १ (ख)बाट २० हजार ७०३ मत ल्याएर निर्वाचित भएका हुन् ।

मुख्यमन्त्रीको सपथ सोमबार ९ बजेका लागि तय भएको छ भने पद बहाली ११ बजे हुनेछ । ११० सदस्यीय प्रदेशसभामा एमाले एक्लैको बहुमत (५८ सांसद्) छ । त्यसैले पौडेलले विश्वासको मत जित्नुपर्नेछैन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 13 =