प्रदेश सरकार गठन प्रकृया शुरु : मुख्यमन्त्रीमा प्रदेश ५ मा पोखरेल, ३ मा पौडेल सिफारिस

काठमाडौं, माघ २८ । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले प्रदेश ३ मा सरकार गठनको प्रक्रिया सुरु गरेका छन् । एमालेले संसदीय दलको नेतामा डोरमणि पौडेल चयन भएलगतै सरकार गठन प्रक्रिया सुरु भएको हो । प्रदेश ३ मा एमालेको प्रष्ट बहुमत छ भने माओवादीले पनि पौडेललाई नै समर्थन गरेको छ ।

एमालेले पौडेललाई मख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई पत्र पठाउने तयारी गरेको छ । माओवादी संसदीय दलका नेता शालिकराम जम्मरकट्टेलले आइतबार प्रदेश प्रमुखलाई पत्र पठाएर पौडेललाई समर्थन गरेको जनाएका छन् ।

 

प्रदेश ५ मा पोखरेल सिफारिस

वाम गठबन्धनले प्रदेश ५ मा सरकार गठनका लागि आफ्नो दाबी पेश गरेका छन् ।

एमाले र माओवादी केन्द्रले आइतबार प्रदेश प्रमुख उमाकान्त झालाई एमाले प्रदेशसभा संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न अनुरोध गरेका छन् ।

एमाले संसदीय दलका नेता शंकर पोखरेल र माओवादी संसदीय दलका नेता कूलप्रसाद केसीसहित एमाले उपमहासचिव विष्णु पौडेल, माओवादी केन्द्रका नेता वर्षमान पुन लगायतका नेताहरु प्रदेश प्रमुख कहाँ पुगेका थिए ।

एमाले र माओवादीबीच प्रदेश ५ मा पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति चुनाव अघि नै भएको थियो र पोखरेल एमाले संसदीय दलका नेता भइसकेका छन् ।

प्रदेश ५ मा वाम गठबन्धनको प्रष्ट बहुमत छ । बहुमत सांसदको सहमतिसहित मुख्यमन्त्रीको दाबी पेश गरेपछि प्रदेश प्रमुखल नियुक्त गर्नु पर्नेछ ।

पत्र बुझेपछि प्रदेश प्रमुख उमाकान्त झाले संवैधानिक प्रक्रिया अनुसार आफू अगाडि बढने बताए । उनले भने, ‘दुई दलले दाबी प्रस्तुत गर्दै पत्र बुझाउनु भएको छ । संविधानले व्यवस्था अनुसार अगाडि बढछु ।’

प्रदेस १ को सभामुखमा भण्डारीको नाम सिफारिस

यता, प्रदेश १ को प्रदेशसभा सभामुखमा नेकपा एमालेले प्रदीप भण्डारीको नाम सिफारिस गरेको छ । सुनसरी १ क बाट निर्वाचित प्रदेश सांसद भण्डारीलाई एमालेले सभामुखको उम्मेदवारमा अघि सारेको हो । संसदीय दलको प्रमुखको निर्वाचन पश्चात भिम आचार्य र शेरधन राईबीच भण्डारीलाई सभामुखको उम्मेदवार बनाउने सहमति भएको एमाले स्रोत बताउछ ।

भण्डारी एमाले सचिव तथा प्रदेश १ इन्चार्ज भीम आचार्यको निकट मानिन्छन् । एमालेको धरान उपमहानगरपालिका इन्चार्ज र सुनसरी जिल्ला सचिवालय सदस्य समेत रहेका उनि ४ वर्षअघि शिक्षण पेशाबाट अवकाश लिएका थिए । प्रदेशसभा निर्वाचनको समयमा पनि एमालेले सुनसरी १ क बाट भण्डारी निर्विरोध सिफारिस भएका थिए ।

संसदीय दलको प्रमुखको  निर्वाचन पश्चात भिम आचार्य र शेरधन राईबीच भण्डारीलाई सभामुखको उम्मेदवार बनाउने सहमति भएको एमाले स्रोत बताउछ ।

प्रदेशसभा १ मा सभामुखका लागि आइतबार उम्मेदवारी दर्ताको कार्यक्रम छ भने सोमबार निर्वाचन रहेको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सहमति अनुसार प्रदेश १ मा सभामुख र मुख्यमन्त्री एमाले कै भागमा रहनेछन् । उपसभामुख भने नेकपा माओवादी केन्द्रबाट हुनेछ ।

प्रदेश ३ को उपसभामुखमा राधिका तामाङ

यसैगरी, प्रदेश ३ को उपसभामुखमा माओवादी केन्द्रकी राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।

तामाङले वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी हुन् । उनको प्रस्तावकमा एमाले संसदीय दलका नेता डोरमणि पौडेल र समर्थकमा माओवादीकी उपनेता कुमारी मोक्तान छिन् ।

अरु उम्मेदवारी नपरेपछि उनी निर्विरोध बनेकी हुन् । कांग्रेसले उपसभामुख आफूले पाउनु पर्ने दाबी गरेपनि उम्मेदवारी नै दिएन ।

नुवाकोट क्षेत्र नम्बर १ को क बाट निर्वाचित ३४ वर्षीया प्रदेशसदस्य तामाङ माओवादी केन्द्रीय सदस्य र पूर्व कृषि राज्यमन्त्री हुन् ।

तामाङले माओवादी सशस्त्र विद्रोहका क्रममा २०६१ मा नुवाकोटमा जनसरकार प्रमुखको भुमिका निर्वाह गरेकी थिइन् । दोस्रो संविधानभामा सभासद रहेकी उनी कृषि राज्यमन्त्री भएकी थिइन् ।

एमालेका सानु श्रेष्ठ सभामुख निर्वाचित भएका छन् । वाम गठबन्धनका उम्मेदवार उनी पनि निर्वारोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =