नेपालको राष्ट्रिय झण्डा बोकेर राजपाको रांके जुलुस प्रदर्शन

गौर, ३० जेठ । आन्दोलनरत मधेशवादी दलले पहिलो पटक राष्ट्रिय झण्डा सहित बिरोध जुलुस प्रर्दशन गरेको छन् । राष्ट्रिय झण्डा सहित राष्ट्रिय जनता पार्टीले सोमबार सांझ गौरमा मसाल जुलुस प्रदर्शन गरेको हो । मसाल जुलुसमा पहिलो पटक राजपाले नेपालको राष्ट्रिय झण्डा बोकेर रांके जुलुस प्रदर्शन गरेको हो ।
राजपा कार्यकर्ताले राष्ट्रिय झण्डासहित मशाल बोकेर नारावाजी गर्दै गौर नगर परिक्रमा गरेका थिए ।
रौतहटमा राजपाले पहिलो पटक राष्ट्रिय झण्डा समेत बोकेर आफूहरु राष्ट्रियता विरोधी नभएको दाबी गर्न राजपाले यस्तो गरेको सो पार्टीका नेता बाबुलाल साहले बताए ।
विरोध प्रर्दशनमा राष्ट्रिय झण्डा बोकेका मध्य एक राजपाका नेता आफूहरु राष्ट्र प्रेमी रहेको बताए । मशाल जुलुस प्रर्दशनका क्रममा संविधान संसोधन बिना निर्वाचन गर्न नहुने र मधेशीको माग सम्बोधन हुनु पर्ने बिभिन्न नारा लगाएका थिए । राजपाका केन्द्रीय सदस्य अनिल सिंहले केन्द्रीय निर्णय अनुसार राष्ट्रिय झण्डा सहित प्रर्दशनमा उत्रेको जानकारी दिए ।








