पूर्वी जिल्लामा बढ्यो चुनावी चहलपहल


भरतराज शर्मा (गोपाल)

झन्डै दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै पूर्वी नेपालमा चुनावी चहलपहल बढेको छ ।

केही दल उम्मेदवार छनोटका लागि आपसी छलफल, रणनीति बनाउन र चुनावी प्रचारमा व्यस्त छन्a भने सर्वसाधारण नयाँ संरचना अनुसार स्थानीय नेतृत्व चुन्न आतुर देखिएका छन् ।

पूर्वी नेपालमा सुनसरी लगायतका अधिकाशं जिल्लाहरूमा माओवादी केन्द्रले आफ्ना उम्मेदवार घोषणा गरेर गाउँगाउँमा भोट माग्न पठाइसक्दा नेपाली काँग्रेस र नेकपा एमाले भने उम्मेदवार छनोट गर्नमै व्यस्त छन्

स्थानीय तहको निर्वाचनमा लाखौँ मतदाताले मतदान गर्न पाउने भएका छन् ।

यसैबिच नेकपा माओवादी केन्द्र खोटाङले जिल्लाका दशवटा पालिकामध्ये पाँच पालिकाको प्रमुखमा महिलालाई उम्मेदवार बनाएको छ ।

दुई नगर र आठ गाउँपालिका रहेको खोटाङमा रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा पूर्व सभासद् दुर्गाजयन्ती राई, लामीडाँडा गाउँपालिकामा डा.चेतकुमारी गुरुङ, केपीलासगढी गाउँपालिका प्रमुखमा मनकुमारी रसाईली (रश्मी), बराहपोखरी गाउँपालिका प्रमुखमा निसाना राई र जन्तेढुंगा गाउँपालिका प्रमुखमा अरुणा राईलाई उम्मेदवार बनाएको मा
ओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रले हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा हरिश्चन्द्र गिरी, ऐसेलुखर्क गाउँपालिकाको प्रमुखमा श्रीबहादुर राई, उपप्रमुखमा उर्मिला लम्साल, साकेला गाउँपालिकाको प्रमुखमा अर्जुनकुमार खड्का, उपप्रमुखमा बिर्सिका राई, खोटेहाङ गाउँपालिकाको प्रमुखमा राजन ढकाल र उपप्रमुखमा बिनिता राई, दिप्रुङ गाउँपालिकाको प्रमुखमा दीपक पाण्डे आकाश र उपप्रमुखमा कल्पना राई सोनियालाई उठाएको छ ।

त्यस्तै पिछडिएका वर्ग, लिङ्ग र जातजातिलाई राज्यको नीति निर्माण तहसम्म पु¥याउने पार्टीको नीतिअनुरुप पाँच वटा प्रमुख पदमा महिलालाई टिकट दिइएको माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य मुक्साहाङ मेन्याङवो (मुकेश)ले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =