राजनीतिको कालो बादल हट्यो : मुख्यमन्त्री राई

तालतलैया (सुनसरी), फागुन ५ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाल नया युग, समय र एजेन्डामा प्रवेश गरेकाले ऐतिहासिक उपलब्धीको संरक्षण गर्नुपर्ने बताएका छन् ।
नेपाल निजामती कर्मचारी संगठन सुनसरी जिल्ल कार्य समितिद्धारा सुनसरीको ईटहरी २ स्थित तालतलैया बनभोज स्थलमा गरिएको रमाईलो पारिबारिक बनभोज तथा मनोज –झपेन्द्र स्मृति बिश्रामालय उद्घाटन तथा सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रमा संविधान संस्थागत भईसकेकाले राजनितिमा देखा परेको कालो बादल हटेको बताए ।

उनले भने– ‘भाग्य र भविश्यको फैसला गर्ने अधिकार जनतालाई तथा जनताले चुनेका प्रतिनिधीहरुसंग छ ।’ स्वस्च्छ प्रशासन सहितको कार्यसम्पादन आफ्ना कार्यकालमा गरेरै देखाउने राईले दावी समेत गरे । जनताको मनोबिज्ञानसँग सबैले जोडिनुपर्ने राईको तर्क छ ।
प्रदेश नं १ आफैमा प्रचुर सम्भावना बोकेको प्रदेश भएकाले कृषि, पर्यटन,जलश्रोत,उद्योग तथा सुचना प्रविधिलाई प्रयोग गरी उचित लाभ लिने बताए ।

नेपाल निजामती कर्मचारी संगठन सुनसरी जिल्ला कार्य समितिका अध्यक्ष भवानी प्रसाद धमलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अवकास प्राप्त २२ जना कर्मचारीलाई मायाको चिनो सहित फुलमालाले सम्मान समेत गरिएको थियो ।
राई प्रदेश नं १ को मुख्यमन्त्री भएपछिको पहिलो औपचारिक कार्यक्रमलाई सम्बोधन गरेका हुन् ।








