कैलालीका स्थानीय तहले २२ देखि ७२ करोड सम्म अनुदान पाउने

विष्णु जोशी

धनगढी । नयाँ बजेट व्यवस्था अनुसार आर्थिक वर्ष २०७४/७५ मा कैलालीका स्थानीय तहले २२ देखि ७२ करोड सम्म अनुदान पाउने भएका छन् । केन्द्र सरकारले वित्तीय आयोग नरहेको अवस्थामा एक पटकका लागि जनसंख्या, विकासको अवस्था र लागत समायोजित क्षेत्रफलका आधारमा वित्तीय समानीकरण र सशर्त अनुदान गरी दुई शीर्षकमा अनुदान दिने भएको हो ।

यसरी आउने बजेत केन्द्रबाट कैलालीमा ५ अर्ब २४ करोड ५० लाख पुग्नेछ । सरकारले पछिल्लो पटक थप गरेको मोहना गाउँपालिकाका लागि भने अनुदान छुट्टयाएको छैन । आगामी वर्ष यस्तो अनुदान संविधान अनुसार गठन हुने केन्द्रीय वित्तीय आयोगले गर्ने व्यवस्था अनुसार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − fourteen =