कुलमान घिसिङलाई बाटो खुल्यो


जेठ १७, काठमाडौं । सर्वोच्च अदालतले एलइडी बल्ब खरिद प्रक्रिया रोक्नु नपर्ने अन्तरिम आदेश जारी गरेको छ । यो निर्णयबाट नेपाल विद्युत प्राधिकरणलाई एलइडी बल्ब खरिदको प्रक्रिया अघि बढाउन सहज भएको छ ।

विद्युत प्राधिकरणले २ करोड थान बल्ब खरिद गर्ने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो । अधिवक्ता नारायण चौलागाईले दायर गरेको रिटमा सर्वोच्चले जेठ ५ गते अन्तरिम आदेश किन जारी गर्नु नपर्ने भन्दै सरकारसँग लिखित जवाफ मागेको थियो ।

बुधबार न्यायाधीश दीपकराज जोशी र मीरा खड्काको इजलासले अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको छ । अब यो मुद्दाको अन्तिम टुंगो नलागेसम्म एलइडी बल्ब खरिदको प्रक्रियामा कुनै अवरोध हुने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − twelve =