टर्की सेनाको हेलिकप्टर दुर्घटना हुदा १३ जना सैनिकको मृत्यु

अङ्कारा – टर्कीको सिनाक प्रदेशमा बुधबार अवेर राती टर्की सेनाको हेलिकप्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परी १३ जना सैनिकले ज्यान गुमाएका छन् ।

सिर्नाक प्रदेशको सेनोबाबाट १३ जना सैनिकलाई लिएर उडेको हेलिकोप्टर दुर्घटनामा परेको सेनाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

स्थानीय समया अनुसार बुधबार २०:५५  बजे उडेको केही समयमै ‘हाइभोल्टेज’का कारण हेलिकोप्टर दुर्घटना भएको विज्ञप्तिमा उल्लेख छ ।

टर्कीका रक्षा मन्त्री फिक्रि इसिक दुर्घटनाका बारेमा बुझ्न घटनास्थलमा पुग्नु भएको छ ।

सेनोबा जिल्लाको नजिकै टर्की र इराकको सिमानामा दुर्घटना भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दुर्घटनाका बारेमा विस्तृत विवरणको प्राप्त गर्नको लागि अनुसन्धान टोली घटनास्थलमा पठाइ सकिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + two =