धरानमा वृहत ल्होछार साँंस्कृतिक महोत्सव हुने

 

धरान, माघ २५ । तामाङ समुदायको महान् पर्व सोनाम ल्होछार २१४५ का अवसरमा सुनसरीको धरानमा फागुन १ गतेदेखी १० गतेसम्म वृहत ल्होछार साँस्कृतिक महोत्सव हुने भएको छ ।

धरान १५ स्थित ङ्युङने ल्हाखाङ गुम्बाको आयोजनामा गुम्बा परिसरमा सो कार्यक्रम गर्न लागिएको बिहिबार पत्रकार सम्मेलन गरी जानकारी गराईयो । सोनाम ल्होछारको प्रवर्धन तथा गुम्वा सहयोगार्थका निम्ती सो महोत्सव गर्न लागिएको ल्होछार साँस्कृतिक महोत्सव मुल आयोजक समितीले जनाएको छ ।

 कार्यक्रमलाइ साँस्कृतिकमय बनाउन राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरुको दैनिक प्रस्तुती रहने छ । महोत्सवमा बिभिन्न जातीय संस्कृती झल्कने खाद्य तथा पहिरनका स्टल, रोटेपिङ, नाउ, ड्राईगन, रेलजस्ता विभन्न खेल तथा मनोरञ्जनसमेत राखिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 9 =