‘राजपाको दोहोरो चरित्र : कतै उम्मेदवारी कतै विरोध’

असार ७, नेपालगञ्ज । राष्ट्रिय जनता पार्टीलाई लक्षित गर्दै गृहमन्त्री जनार्दन शर्माले एउटा जिल्लामा उम्मेदवारी दर्ता गर्ने र अर्कोमा विरोध प्रदर्शन गर्न नसुहाउने बताउनुभएको छ ।

चुनाव बहिष्कार गरी आन्दोलनमा उत्रिएको राष्ट्रिय जनता पार्टी पनि दोस्रो चरणको चुनावमा सहभागी भएको उहाँको दावी छ । धनगढीमा क्षेत्रीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री शर्माले कतै चुनावमा सहभागी हुने र कतै विरोध प्रदर्शन गर्ने दोहोरो चरित्र देखाउन नहुने बताउनुभयो ।

उहाँले प्रहरी सुधार कार्ययोजना केही दिनमै सार्वजनिक गर्ने पनि बताउनु भएको छ । चुनाव सफल पारेमा सुरक्षा निकायको उचित मूल्यांकन हुने उहाँले बताउनुभयो ।

सोमबार नेपालगञ्जमा भएको सुरक्षा गोष्ठीमा पनि गृहमन्त्री शर्माले राष्ट्रिय जनता पार्टी दोस्रो चरणको चुनावमा स्वतन्त्र रुपमा सहभागी भएको बताउनुभएको थियो ।

गृहमन्त्री शर्माले चुनाव बहिष्कार गर्न खोजेको राष्ट्रिय जनता पार्टी सरकारको निरन्तरको पहलकदमिका कारण स्थानीय तहको दोस्रो चरणको चुनावमा सहभागी हुने अवस्था आएको दावी गर्नुभएको हो । उहाँले मधेस केन्द्रीत दलहरुका असन्तुष्टी क्रमशः समाधान हुने चरणमा रहेको पनि जानकारी बताउनुभएको छ ।

दुई नम्बर प्रदेशमा चुनाव हुनुभन्दा पहिले नै अहिले देखिएका असन्तुष्टी समाधान हुने उहाँको दावी छ । गृहमन्त्री शर्माले आगामी माघभित्रै तीनवटै चरणको चुनाव सम्पन्न गरी संविधानलाई पूर्ण कार्यान्वयनको चरणमा पुर्याउन आवश्यक भएको पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eight =