सालको गोलिया बरामद

लहान, २३ साउन । प्रहरी र वन कर्मचारीको गस्ती टोलीले आज बिहान सिरहाको मिर्चैयाबाट पाँच वटा टिपरमा ल्याइएको सालको गोलिया काठ नियन्त्रणमा लिएको छ ।

मिर्चैया इलाका प्रहरी कार्यालय र वन कर्मचारीको संयुक्त टोलीले सिन्धुलीबाट मिर्चैया तर्फ आउँदै गरेको ना ३ ख ८७७५, बा ४ ख ६७८९, ना ३ ख ३४१६, ना ३ ख ८७१७ र ना ५ ख ९८६ नंको ५ वटा टिपरलाई गोलिया काठसहित नियन्त्रणमा लिएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत अमरेन्द्र यादवले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिएको काठ कति मूल्य बराबरको हो भन्ने अहिले यकिन नभइसकेको र नियन्त्रणमा लिएका टिपर र काठका सम्बन्धमा अनुसन्धान भइरहेको सहायक वन अधिकृत यादवले बताउनुभयो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eleven =