अनुदानको चामलबाट बन्छ मदिरा
२०७४ जेठ १५ गते

काठमाडौं, माघ १९ । नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाले अनुदानमा बिक्री वितरण गर्दै आएको चामल उपभोक्ताले घरेलु मदिरा उत्पादनमा प्रयोग गर्न थालेका छन् ।
संस्थानले अनुदानमा बिक्री गर्ने अरुवा मोटो चामल स्वादिलो नभएको भन्दै उपभोक्ताले घरेलु मदिरा उत्पादनमा प्रयोग गरेका हुन् ।
संस्थानबाट सस्तोमा लिएको चामल घर पुगेपछि मदिरा उत्पादन गर्ने गरिएको खबर आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा छापिएको छ ।
समाचारमा लेखिएको छ, चामलबाट मदिरा बनाउँदा किनेको मूल्यभन्दा दोब्बर फाइदा हुने स्थानीयको भनाइ छ ।
अहिले उक्त चामल प्रतिकिलो ४० रुपैयाँमा उपलब्ध हुन्छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








