शरिरमा रहेका कोठीले जीवनमा कस्तो संकेत गर्छ त ?

‘यो नानीको कोठी रैछ दाहिने पट्टी गालामा लान्छु मैले यसै पालामा ‘सायद केहि रहस्य नै थियो यस गीतमा । जसले यो गीत लेखे उनले यो भन्न खोजेका होलान सायद दाहिने गालामा कोठी भएकी यति राम्री सुन्दरी तिमी तिमीसँगै माया गासेर अनि सँगै जिउने सँगै बाच्ने कसम खान्छु । यो माथिको गीतले भनेजस्तै शरिरका विभिन्न भागमा रहेका अन्य कोठीहरूको पनि विभिन्न अर्थ हुन्छ भनेर भनिन्छ । आउनुहोस हामी पनि जानौं शरिरका कुन–कुन भागमा रहेका कालो कोठीहरूले के–के अर्थ लगाउदा रहेछन त ?

कम्मरमा कोठी– कम्मरमा कालो कोठी भएका मानिसहरूले जीवन भरी समस्याहरूको पहाड छिचोलेर अगाडि बढ्नु पर्ने हुन्छ ।

पेटमा कोठी– पेटमा कोठी हुनेहरूले जहिले पनि मिष्ठान भोजनको ईच्छा गर्छन ।

ढाडमा कोठी–शरिरको पछाडिको भाग (ढाड)मा कोठीहुनेहरूले जीवनमा धेरै यात्राहरू गर्नुपर्ने हुन्छ ।

खुट्टामा कोठी– दाहिने खुट्टमा कोठी हुनेहरू बुद्धिमानी हुन्छन् । यदि देब्रे खुट्टामा कोठी छ भने त्यो व्यक्तिको धेरै खर्च गर्ने बानी हुन्छ ।

गर्धनमा कोठी–गर्धनमा कोठीहुनेहरू अत्यन्तै सुविधाभोगी बन्न खोज्छन । उनीहरूको जीवनमा धेरै सुख मिल्ने बताइन्छ ।

नाकमा कोठी– जो व्यक्तिको नाकमा कोठी हुन्छ उसलाई विभिन्न कारणले धेरै यात्राहरू गर्नुपर्ने हुन्छ ।

हत्केलामा कोठी– दाहिने हत्केलामा कोठी हुनेहरू बलिया हुन्छन भने देव्रे हातमा कोठीहुनेहरू धेरै खर्च गर्ने व्यक्तिमा पर्छन ।

निधारमा कोठी– निधारमा कोठीहुनेहरू अत्यन्तै वलिया हुन्छन । उनीहरू साहसिला र आँटिला हुन्छन ।

आखाँमा कोठी– जुन व्यक्तिको दाहिने आँखामा कोठी हुन्छ त्यो व्यक्तिले आफ्नो जीवनसाथीलाई अत्यन्तै माया गर्छ भने देव्रे आँखामा कोठी भएको व्यक्तिले आफ्नो जीवनसाथीसँग झगडा गर्ने हुन्छ । उनीहरूको जीवन खुसी र सुखी तरिकाले जान सक्तैन ।

गालामा कोठी– जुन व्यक्तिको दाहिने गालामा कोठी हुन्छ त्यो व्यक्ति धनवान भएको मानिन्छ । उसले आफ्नो पैतृक सम्पतीमा राज गर्न पाउछ । भने जसको देव्रे गालामा कोठि हुन्छ त्यस्तो व्यक्तिको जीवनमा खर्च बढीरहन्छ ।
ओठमा कोठी– ओठमा कोठीहुनेहरू जहिले पनि काम वासनाको सोँचाइमा रहिरहन्छ ।

कानमा कोठी–कानमा कोठीहुनेहरूको उमेर कम भएको मानिन्छ । यस्ता व्यक्तिहरू अल्पायुमै संसार छोड्नुपर्ने र धेरै समयसम्म नबाच्ने पनि बताइन्छ ।

तिघ्रामा कोठी–दाहिने तिघ्रामा कोठीहुनेहरूलाई सधै मानप्रतिष्ठा मिल्ने हुन्छ । यस्ता व्यक्तिको समाजमा उच्च स्थान प्राप्त हुन्छ । देब्रे तिघ्रामा कोठीहुनेहरू बढी झगडालु हुने संकेत गर्दछ । छातिमा कोठी–दाहिने छातिमा कोठीहुनेहरूले आफ्नी पत्नीसँग अत्यन्तै प्रेम गर्ने देखाउँछ भने देव्रे छातिमा कोठीहुने पुरुषले सधै केहि न केही बहानामा आफ्नी पत्नीसँग झगडा गर्ने जनाउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 4 =