इन्डोनेसियामा आएको आँधीका कारण मृत्यु हुनेहरूको संख्या २० पुग्यो

काठमाडौं, मंसिर १६ । इन्डोनेसियामा एक हप्ता अघि आएको आँधीका कारण मृत्यु हुनेहरूको संख्या २० पुगेकोे छ । भारतीय सामुद्रिक टापुहरूबाट आएको आँधी, बाढी र चक्रवायुका कारण २० जनाको मृत्यु भएको इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले जानकारी दिएको छ ।

आँधीका कारण १७ हजार घरहरु पूर्णरुपमा नष्ट भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् । आँधिका एक हजार ८ सय ७९ जना घरवारविहिन भएका छन् । उनीहरुलाई सुरक्षित ठाँउका आश्रयस्थलहरूमा राखिएको छ भने ठूलो क्षति बनाउनेगरी आँधी आएपछि त्यहाँ नोभेम्बर २७ देखि संकटकाल घोषणा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =