निजि लगानीमा विद्यालयको पर्खाल र मञ्च निर्माण

मोरङ, पुस २३ । उर्लाबारी–९ भोटेपुलका समाजसेवी सुन्दर श्रेष्ठले निजी लगानीमा स्थानीय एक विद्यालयमा भौतिक संरचना निर्माण गरेका छन् । खोपीडाँडामा रहेको प्रभात आधारभूत विद्यालयमा रु दुई लाख ७४ हजार ३८० खर्च गरी पर्खाल र मञ्च निर्माण गरेका हुन् ।

श्रेष्ठले विद्यालयमा भौतिक संरचनाका साथै रङरोगन तथा घेराबारा निर्माण गरिदिएको विद्यालयका प्रधानाध्यापक मोहन चापागाईले जानकारी दिए । सो विद्यालयका पूर्वविद्यार्थी समेत रहेका श्रेष्ठले आफू पढेको विद्यालयको स्तरोन्नति गर्नु आफ्नो पनि कर्तव्य सम्झेर सहयोग गरेको बताए ।

जाडोमा कम्बल र ज्याकेट बाँड्दै न्यानो अभियान 

विपन्न तथा गरिब समुदायलाई लक्षित गर्दै न्यानो अभियान नेपाल, उर्लाबारीले कम्बल र ज्याकेट वितरण गरिरहेको छ । जाडोमा केही हदसम्म भए पनि राहत महसुस गराउने हेतुले ज्येष्ठ नागरिकलाई कम्बल र बालबालिकालाई शनिबार ज्याकेट वितरण गरिरहेको हो ।

यसै क्रममा उर्लाबारी–९ मौलिबारीका २२ परिवारलाई कम्बल र १८ परिवारका बालबालिकालाई ज्याकेट प्रदान गरिएको न्यानो अभियान नेपालका कार्यक्रम संयोजक सरोज बस्नेतले जानकारी दिए ।

यसअघि उर्लाबारी–८ को बगर टोल र उर्लाबारी–४ को बक्राहा बाँधमा न्यानो कपडा वितरणसहित गोदावरी हस्पिटल उर्लाबारीको सहयोगमा स्वास्थ्य शिविर गरिएको सदस्य विवेक हिङमाङले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − thirteen =